आईसीसी टी-२० विश्वकप : अमेरिका ९ विकेटले पराजित

westindies-vs-usa-icc-t20-worldcup

विश्वकप, क्रिकेट / जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको १ २९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरेका थिए।

अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिएका थिए । यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोड्न सफाल भएको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे।

Advertisement:westindies-vs-usa-icc-t20-worldcup

वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान ३-३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए । यो जितसँगै समूह २ मा रहेको वेष्ट इन्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका अंकविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस् :