नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अधिकांश स्थानीय तह

काठमाडौं, १० असार / आज देशभरका अधिकांश स्थानीय तहहरुमध्ये नयाँ आर्थिक वर्ष २०८१÷८२ को बजेट घोषणा गर्न गइरहेका छन् । संघीय सरकार र प्रदेश सरकारको नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेपछि विधिवत नै स्थानीय तहहरुले आफ्नो आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले तोकेको विधिअनुसार नै ३८ वटा स्थानीय तहहरुले केहि दिनअघिदेखि आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट सार्वजनिक गरिसकेको भएपनि बाँकी सबै स्थानीय पालिका आज नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्ने प्रावधान प्रयोग रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहले बजेट पेस गरेका छन् भने बाँकी ७ सय १५ स्थानीय पालिकाहरुले आज बजेट सार्वजनिक गर्न गइरहेका हुन् । देशभरका सबै स्थानीय पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस