जङ्गली च्याउ सेवनबाट एक सातामा मकवानपुरका ३ जनाको मृत्यु

हेटौंडा, ११ असार / वर्षायाम लागेसँगै जङ्गलमा अनेक रुप र रङ्गमा पलाउने च्याउ अखाद्य हुन सक्ने सार्वजनिक रुपमा नै सूचना जारी गरिन्छ तैपनि यस्ता च्याउ सेवन गरेर ज्यान गुमाउने र सख्त विरामी पर्नेहरुको सङ्ख्या बर्षायाममा बढ्ने गरेको देखिन्छ । त्यस्तै मकवापुरका विभिन्न गाउँका यस्तै जङ्लका विषालु च्याउ सेवन गर्ने ३ जनाले ज्यान गुमाएका छन् भने अन्य १६ जना विरामी परेर उपचार गराइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार गत असार ३ गतेयता जङ्गली च्याउ खोजेर तरकारी खाने राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिका तीन जनाले ज्यान गुमाएको र १६ जना अरु विरामी परेका हुन् । ३ असारमा कैलाश गाउँपालिका–९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जङ्गली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु प्रहरीले जानकारी दिएको छ ।

Advertisement:

मृतक लामको हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको थियो भने कैलाश–९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले दिएको जानकारीमा उल्लेख गरिएको छ । निरूमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै मकवानपुरस्थित हेटौंडा अस्पतालमै ल्याइएको थियो । उनको सोबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

त्यसैगरी जङ्गली च्याउ सेवन गरेका राक्सिराङ गाउँपालिका–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार हुदाँहुदै ९ असारमा मृत्यु भएको मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार भईरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार आएको पनि प्रहरीद्वारा दिइएको जानकारमिा उल्लेख गरिएको छ ।

राक्सिराङ गाउँपालिका–८ लाचेका ४ जना असार १० गते जङ्गली च्याउको सेवनबाट बिरामी परेको उनीहरूको पनि भरतपुर अस्पतालमा उपचार भइरहेकोमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ७ असारमा जङ्गली च्याउको सेवनबाट मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र ५ नम्बर वडाको कालिवन बस्ने ८ जना बिरामी भएका थिए । उनीहरू हेटौंडा अस्पतालमा उपचारपश्चात् घर फर्किइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस् :