एसइई नतिजा नखुले निवेदन दिन राष्ट्रिय परीक्षा बोर्डकाे आग्रह

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा नखुलेमा निवेदन दिन आग्रह गरेको छ। बोर्डले सूचना जारी गर्दै आवश्यक कागजात संलग्न गरि शिक्षा विकास तथा समन्वय इकाईमा वा सोझै उक्त कार्यालयमा निवेदन दिन भनिएको छ।

‘२०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको कुनै विषयमा नतिजा नखुलेको भए निवेदन साथ कागजात संलग्न राखी शिक्षा विकास तथा समन्वय इकाईमा वा सोझै यस कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

Advertisement:

सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरूले यसै सूचनालाई आधार मानी परीक्षार्थीहरूको निवेदन संकलन गरी दैनिक रूपमा उक्त कार्यालयको इमेलमा पठाउनु पनि बोर्डले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् :