रिङरोड विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित प्रदीप पौडेलको दबाब यात्रा

pradip-paudel-ring-road-dabab-yatra

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गरेका छन्।

सडक विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित आज बिहान सामूहिक दबाब यात्रा शुरु गरेका हुन्।

Advertisement:pradip-paudel-ring-road-dabab-yatra

उनले बिहान ७:३० बजे कलंकीबाट शुरु गरेका थिए। कंलकी-स्वयम्भू-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै धोबीखोला पुगेको थियो।

उनको दबाब यात्रामा साथ दिन काठमाडौं सांसद सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, केन्द्रीय सदस्य नानू बास्तोलासहित यहाँका स्थानीयको पनि सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस् :