टी-२० विश्वकप : १७ वर्षपछि फेरी भारतको पोल्टामा उपाधि

birat-kohali-india-vs-south-affrica-worldcup-cricket

काठमाडौं / संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमाआयोजना भएको आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि हात पारेको छ । १७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले १६९ रन मात्रै बनाउन सक्यो।

भारतको जितका लागि विराट कोहलीले सर्वाधिक ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

Advertisement:birat-kohali-india-vs-south-affrica-worldcup-cricket

त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका लागि जस्प्रित बुम्राह र अर्शदिप सिंहले समान २-२ विकेट लिए भने हार्दिक पाण्डेयले ३ विकेट हात पारे ।

१० वर्षपछि टी-२० विश्वकपको फाइनलमा पुगेको भारतले सन् २००७ मा टी-२० विश्वकपको उपाधि उचालेको थियो ।  भारतले १७ वर्षपछि दोस्रो पटक टी-२० विश्वकप जितेर इतिहास रचेको छ।

प्रतिक्रिया दिनुहोस् :