लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्न पर्दैन जनताले बचाइदिन्छन् : रवि लामिछाने

rabhi-lamichhane-rabi-home-minister-rsp-tatokhanar-tattatokhabar

तातोखबर, काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् । उनले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए। उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए।

‘मुलुक सधैँ खतरामा हुने रहेछ‚ परिस्थिति कहिल्यै अनुकूल हुने रहेनछ‚ सधैँ अफ्ठयारो पर्ने रहेछ। त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन्? किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पार्‍यो?‚’ उनले भने, ‘जब जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ‚ त्यतिवेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ। नेपालमा जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन‚ अलग अलग भयो।’

Advertisement:rabhi-lamichhane-rabi-home-minister-rsp-tatokhanar-tattatokhabar

‘लोकतन्त्रको चिन्ता नेताहरुले गर्नुपर्दैन। लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरुले चिन्ता गर्नुपर्दैन‚’ उनले भने‚ ‘के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन्‚ कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनेका छौँ?’

प्रतिक्रिया दिनुहोस् :