भूटानी शरणार्थी : बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति, प्रतीक पनि अदालतमा

bechan-jha-pratik-thapa-bhutani-saranarthi

असार १६, काठमाडौं / नक्कली भूटानी शरणार्थी प्रकरणमा हालै पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्नका लागि म्याद थपिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झा लाई आइतबार नै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।

Advertisement:bechan-jha-pratik-thapa-bhutani-saranarthi

झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान हुँदैछ । उनी पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता बाहिर आउने प्रहरीको अपेक्षा लिएको छ । त्यस्तै आइतबार नै सोही मुद्दाका अर्का फरार प्रतिवादी प्रतीक थापालाई पनि अदालतमा पेस गरिएको छ।

प्रतीकविरुद्ध यसअघि नै अनुसन्धान भएर मुद्दा दायर भएको हो । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस् :