शेयर बजारमा लगातार गिरावट, दोहोरो अंकले घट्यो नेप्से

nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

शेयर बजार, असार १६  / आज साताको पहिलो दिन पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

शेयर बजारमा पछिल्लो हप्ताभरिको कारोबारमा लगातार घटिरहेको नेप्से आज साताको पहिलो दिन पनि त्यसले निरन्तरता पाएको हो ।

Advertisement:nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

आइतबार, नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ अंक विन्दुमा आइपुगेको हो ।

आज ९१ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको ११ करोड ९८ लाख, युनाइटेड आईडीआई मर्दीको १० करोड ३९ लाख, मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाख, एनआरएनको ८ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस् :