प्रचण्ड भेट्न बिहानै बालुवाटार पुगे ओली

oli-prachand-baluwatar

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता  भएको छ।

प्रधानमन्त्रीलाई भेट्न ओली बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

Advertisement:oli-prachand-baluwatar

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ।

सत्ता समीकरण फेरिने हल्ला चल्न थालेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ।

आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस् :