लगातार घटिरहेको नेप्से परिसूचकमा सुधार

share-market-increase-news-tatokhabar.com

असार १७, काठमाडौँ /  धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ।

पछिल्लो समय लगातार घटिरहेको नेप्से आज साताको दोस्रो दिन भने बढेको हो ।

Advertisement:share-market-increase-news-tatokhabar.com

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर २ हजार ५३ दशमलव ३८ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव शून्य १ अंकले उकालो लागेर ३६१ दशमलव ७७ मा पुगेको छ।

कूल ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी ९ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी ८ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र ७ दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ७ दशमलव शून्य ७ प्रतिशतले कमाएका छन्।

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी ८ दशमलव ४४, स्वाभिमान लघुवित्त ३ दशमलव ९७, कुमारी सबल योजना ३ दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस् :