रोल्पा दुर्घटना : करिब ४ सय मिटर तल जिप खस्दा ११ जना गम्भिर घाइते

rolpa-accident-tatokhabar-news-tattatokhabar-jeep-accident-in-rolpa

काठमाडौँ / रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका-४ स्थित परेवा छहरामा दुर्घटना हुँदा ११ जना यात्रु गम्भिर घाइते भएका छन्।

उनीहरूको उद्धार गरी उपचारका नजिकैको अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले बताए।

Advertisement:rolpa-accident-tatokhabar-news-tattatokhabar-jeep-accident-in-rolpa

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा केहीको मृत्यु समेत भएको आशंका गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस् :