ओली प्रधानमन्त्री निवास बालुवाटारमा, एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
कांग्रेससँग गएराति भएको सहमतिको ड्राफ्ट बोकेर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।
उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ।
कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ। तर बहुमत सांसद विपक्षमा भएपछि उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस