मेरो विवाहका बारेमा पनि पार्टीले निर्णय गरिदियोस् : मुकुल ढकाल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाहका बारेमा पनि पार्टीले निर्णय गर्न माग राखेका छन्।
गर्लफ्रेण्डलाई समानुपातिक सांसद बनाएको प्रसंग उठेपछि ढकालले पेश गरेको प्रतिवेदनमा यो विषय उल्लेख गरेका हुन्।
गर्लफ्रेण्डको कुरा मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने? कुमारै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘केन्द्रीय समितिले नै योसँग गर् भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस। जुन दिन यो निर्णय उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्।’
उनले गर्लफ्रेण्डको कुरा गरेर आफूलाई आपत्ति नभए पनि एक जना नारीप्रति सम्मान नगरिएकोप्रति आपत्ति जनाएका छन्।
म जान पाइनँ, एक जना नारी जाने? मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो। कहाँबाट आउँछ मानवअधिकारका कुरा, महिला अधिकारका कुरा । उनले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस