सुदूरपश्चिमको राजधानीबारे पुनर्विचार गर्न सकिने : प्रदेश प्रमुख नजिर मियाँ

najir-miya-sudurpaschim-pradesh

 डोटी / सुदूरपश्चिम प्रदेश नजिर मियाँले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीबारे पुनर्विचार गर्न सकिने जिकिर गरेका छन्।

नेपाल पत्रकार महासंघ डोटी शाखाले बुधवार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजधानीको संरचना तयार भइनसकेको हुनाले संसद्ले राजधानीबारे पुनर्विचार गर्न सक्ने बताए।

Advertisement:najir-miya-sudurpaschim-pradesh

“अन्य प्रदेशमा राजधानीको टुङ्गो लगाउनेदेखि संरचना निर्माण गर्ने काम हुँदै छ’’, उनले भने, “तर सुदूरपश्चिम सरकारले तोकेको ठाउँमा राजधानी बन्ने नबन्ने अझै टुङ्गो लागि सकेको छैन। संसद्ले गोदावरीमा निर्णय गरेको भन्ने सुनिए पनि काम अघि बढ्न सकेको छैन।”

शुरुमा साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायललाई नै राजधानी बनाउने भनेर उच्च अदालत पनि दिपायलमा नै राखिएको उनले बताए।

राजधानी तोक्ने विषयमा जन निर्वाचित प्रतिनिधिले निर्णय गर्ने अधिकार रहेको बताउँदै प्रदेश प्रमुख मियाँले त्यसमा पुनर्विचार गर्न सकिने बताए।

संविधान संशोधनबारे सोधिएको प्रश्नमा उनले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने जवाफ  दिए।

प्रतिक्रिया दिनुहोस् :