७ दिनका लागि रास्वपा महामन्त्री ढकाल निलम्बनमा

काठमाडौं, २० असार / पार्टीभित्र मर्यादा भङ्ग गरेको र अनुशासनहिन व्यवहार देखाएबापत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल एक हप्ताका लागि आफ्नो पदबाट निलम्बनमा परेका छन् । आजदेखि लागू हुनेगरी उनलाई पार्टीको केन्द्रीय अनुशासन आयोगको सल्लाहअनुसार उक्त पदबाट निलम्बन गरिएको हो ।

कारवाहीमा परेका महामन्त्री एवं प्रबक्ता निलम्बनमा परेपछि केन्द्रीय समितिका सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी र पार्टी केन्द्रका सहप्रबक्ता मनिष झालाई कार्यबाहक प्रबक्ताको जिम्मेवारी दिईएको पार्टी श्रोतले जानकारी दिएको छ । ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको बताईएको छ ।

Advertisement:

निलम्बित महामन्त्री एवं प्रबक्ता ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस् :