नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

ghanashyam-bhusal-samajwadi

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का निःवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन्।

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने जिकिर गरे। उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए। पार्टीको नेतृत्व सर्वसहम्मतिमा टुंग्याउने प्रयास भइरहेको बताएका हुन्। उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसैअनुरूप अगाडि बढेको बताए।

Advertisement:ghanashyam-bhusal-samajwadi

नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाइ छ।

उनले भनेमहाधिवेशनबाट हामी निक्लँदा एकतावद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ। सबै प्रतिनिधिहरुको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो। त्यसमा हामी निराश छैनौँ। अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ। निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ। निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ। सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ। निर्वाचनमा जान नपरिकन सर्वसम्मतीमै सबै मामिला टुंगिउन भन्ने हाम्रो प्रयत्न छ। त्यसमा अहिलेसम्म पनि हामी निराश छैनौँ। हामी सहमतिका लागि प्रयत्न गर्दैछौँ। हामी निराश छैनौँ।

उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताए।

प्रतिक्रिया दिनुहोस् :