लुम्बिनी सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

दाङ, असार २० / लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नयाँ सत्ता समीकरण बने सँगै एमालेले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।
सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागु हुने गरि समर्थन फिर्ता लिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट लुम्बिनी प्रदेशमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी छ। मुख्यमन्त्री जोगबहादुर महराले बुधबार साँझ आयोजना गरेको रात्रीभोज कार्यक्रममा राजीनामा दिने तयारी रहेको श्रोतले जानकारी दिएको छ।
पार्टीले दिएको समर्थन फिर्ता लिएसँगै आज नै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउने तयारी रहेको लुम्बिनी प्रदेश अर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस