फास्ट-ट्रयाक अन्तर्गत मकवानपुरको लेनडाँडामा सुरुङ मार्ग ‘ब्रेक थ्रू’

tunnel_fast_track_lendandha_nijgadh_kathmandu

मकवानपुर / नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन फास्ट ट्रयाकको नामले परिचित राष्ट्रिय गौरवको आयोजना तराई-मधेस द्रुतमार्ग अन्तर्गत रहेको लेनडाँडा सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ ।

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको दुईवटा सुरुङ मध्ये १ दशमलव ६१२ किलो मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग पूर्णरुपमा खोलिएको नेपाली सेनाले जनाएको छ ।

Advertisement:tunnel_fast_track_lendandha_nijgadh_kathmandu

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रमको अवलोकन गरेका छन् । सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेको भन्दै खुसी समेत व्यक्त गरे । उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद दिए।

उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । सो अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरू उपस्थित थिए।

यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको दुई सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ दशमलव ६३३ किलोमिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको दुईवटा सुरुङमध्ये १ दशमलव ६५३ किलोमिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु ब्रेक थ्रू भएको थियो।

प्रतिक्रिया दिनुहोस् :