कृषिलाई कर नीतिमार्फत संरक्षण गरिने : अर्थमन्त्री वर्षमान पुन

barshaman-pun-ananta-arthamantri-tatokhabar-tattatokhabr

काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको जनाएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  उनले यस्तो बताएका हुन्। उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए। उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

Advertisement:barshaman-pun-ananta-arthamantri-tatokhabar-tattatokhabr

उनले सरकारले २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने प्रतिबद्धता जनाए। उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए। चालू आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाइए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताए।

पुनले भने, ‘हामीले २०८१-२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ। धेरैतिरको छलफल, बहस र अन्तरसंवादपछि घोषणा गरेका हौँ। राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरू फेरिन सक्छन्, हाम्रा नीतिहरू फेरिनु हुँदैन। नीतिगत स्थायित्व हुनुपर्छ। कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ। यसमा केही सरकारको जोड छ। यसमा विगत सरकारका अध्ययन, नीति छन्। भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ।’

अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने बताए। उनले पर्यटन, जलविद्युत् क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको बताए। पर्यटन क्षेत्रमा यो वर्ष मात्रै २१ प्रतिशतको वृद्धिदर रहेको बताए।

अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत् क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :