प्रचण्डले असार २८ गते विश्वासको मत लिने

prachanda-sadan

असार २१, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २८ असार शुक्रबारका दिन प्रतिनिधिसभामा विश्वासको मत माग्‍ने भएका छन्। प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत दिने जानकारी गराएका  हुन्।

उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि पत्रमा अनुरोध गरिएको छ।

Advertisement:prachanda-sadan

कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको हुनाले प्रधानमन्त्री दाहालले संवैधानिक व्‍यवस्थाअनुसार एकमहिना भित्रमा संसदबाट विश्वासको मत लिन लागेका हुन्। सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस् :