मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि विश्वासको मत लिँदै

satish-kumar-shing-madesh-pradesh

असार २१, जनकपुरधाम / मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका लागि शनिबार बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए ।

Advertisement:satish-kumar-shing-madesh-pradesh

जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि २५ जेठमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित जनमतका सिंह मुख्यमन्त्री बनेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा अहिले सत्तापक्षीय एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ८ सिट छ भने नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको १-१ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :