बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किंदा कियर स्ट्यामर प्रधानमन्त्री नियुक्त

लेबर पार्टीका नेता कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो।

Advertisement:

६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ। लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो। प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ। यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस् :