एमाले संसदीय दलको बैठक बस्दै

kp-sharma-oli

काठमाडौँ / नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्ने  छ ।

बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन समेत दिइएको छ । भोलि आइतबार प्रतिनिधि सभाको बैठक अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

Advertisement:kp-sharma-oli

नयाँ सत्ता समीकरण निर्माणपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :