गण्डकी प्रदेशमा कुन-कुन सडक पहिरोका कारण अवरुद्ध छन् !

पोखरा, २२ असार / गण्डकी प्रदेशका अधिकांश सडकहरु र राजमार्गसमेत अवरुद्ध बन्न पुगेका छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण सडक तथा राजमार्गहरु अवरुद्ध बन्न पुगेका हुन् ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता नायब प्रहरी उपरीक्षक श्रवणकुमार बिकले तातोखबरलाई दिएको जानकारीअनुसार पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको छ । आज विहानैदेखि जारी रहेको भारी वर्षासँगै आएको पहिरोले तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जनाइएको छ ।

Advertisement:

गण्डकी प्रदेशकै वेशीसहर चामे सडक खण्डमा मस्र्याङ्दी ४ हावाडाँडामा पनि सडक अवरुद्ध रहेको छ । मनाङकै चामे गाउँपालिका १ तिमाङमा गएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रबक्ता विकले बताएका छन् ।

यस्तै सिद्धार्थ राजमार्गको पोखरा-बुटवल-भैरहवा सडक अन्तर्गत स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका-१० स्थितमा पहिरो जाँदा उक्त सडक पनि अवरुद्ध रहेको छ ।  सिद्धार्थ राजमार्गको पाल्पा झण्डै सात ठाउँमा पहिरो खसेको छ । जसले गर्दा सिद्धार्थ  राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ।

 पूर्वपश्चिम राजमार्गंअन्तर्गत नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाको चोरमारामा भारी वर्षाका कारण हिलाम्मे सडक प्रयोगका लागि एकतर्फी रुपमा आवागमनको व्यवस्था मिलाईए र पूर्ण रुपमा सडक सूचारु गर्ने प्रयास भइरहेका पनि प्रबक्ता बिकले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस् :