नेपाली बजारमा सुनको भाउ आजसम्मकै उच्च

काठमाडौं, २३ असार / नेपाली बजारमा निरन्तर अस्थिर रहेको सुनको आज भाउ अहिलेसम्मकै उच्च बन्न पुगेको छ । आज सार्वजनिक भएको मूल्य सूचीअनुसार सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो ।

यसअघि पछिल्लो पटक उच्च रहेको सुनको मूल्य प्रति तोला १ हजार रुपैया बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघले दिएको जानकारीमा सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :