सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सत्ता समीकरणको प्रभाव , मुख्यमन्त्रीको राजीनामा माग

congress-uml-meeting

कैलाली / नयाँ सत्तासमीकरणको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा मागेका छन्। कांग्रेस र एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइसकेको ठहर गरेकाले राजिनामा माग गरिएको हो।

आज कांग्रेस र  एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन्।

Advertisement:congress-uml-meeting

केन्द्रमा कांग्रेस र एमालेबीच सरकार गठन गर्न सहकार्यको सहमति भइसकेपछि यहाँ पनि एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारीको प्रदेश सरकार अल्पमतमा परेको छ।

सोडारी एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष)को समर्थनमा मुख्यमन्त्री बनेका थिए।

कांग्रेस प्रदेशसभाका संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि काम सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौँ।”

प्रतिक्रिया दिनुहोस् :