बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, पाँचैजना मन्त्रीले राजीनामा दिए

bagmati_Pradesh_sarkar_CPN_UML

काठमाडौं / बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्रिपरिषद्मा सहभागी पाँचैजना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गरेका हुन्।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन्।

Advertisement:bagmati_Pradesh_sarkar_CPN_UML

केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।

प्रतिक्रिया दिनुहोस् :