रास्वपा लक्षित एमाले सचेतक महेश बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो?

mahesh_bartaula_CPN_UML

काठमाडौं / नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित प्रश्न गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए।

Advertisement:mahesh_bartaula_CPN_UML

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरे। उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे। उहाँले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस् :