पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध

Koshi_Rajmarga_pahiro

धनकुटा / लगातारको अविरल वर्षाका कारण पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ।

कोशी राजमार्गअन्तर्गतको साँगुरीगढी गाउँपालिका-६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

Advertisement:Koshi_Rajmarga_pahiro

माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले अझ केही समय लाग्ने धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए।

राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम जाने सयौँ सवारीसाधन रोकिएका छन्।

लगातारको वर्षाको कारणले कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटार लगायतका दर्जनौँ स्थानमा पहिरो गएको छ। सडकमाथि थुप्रिएको माटोसहितको लेदो स्काइभेटरले पन्छाउने काम भइरहेको महर्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् :