रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, घण्टी बज्न रोकिँदैन : डा.मुकुल ढकाल

mukul_dhakal_rabi_lamichhane

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यमात्र रहने गरी अरू पदबाट मुक्त गरेको छ। पदमुक्तन भएपछि सांसद डा.मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका छन्।

Advertisement:mukul_dhakal_rabi_lamichhane

उनले लेखेका छन्,‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि…।’

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गर्दै कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

प्रतिक्रिया दिनुहोस् :