रवि फेरि मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन् : मुकुल ढकाल

mukul_dhakal_rabi_lamichhane

काठमाडौं / रास्वपाको महामन्त्रीबाट भर्खरैमात्र निलम्बित नेता डा. मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाएका छन्। रास्वपाले कारबाही गरे पनि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्दै उनले त्यस्तो आरोप लगाएका हुन्।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ। कता न कता ओलीको शैली मन पर्छ। र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि ! अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिराख्नुभएको छ। भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ’, उनले भने, ‘देउवा, प्रचण्ड र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। मलाई मतलब छैन।’

Advertisement:mukul_dhakal_rabi_lamichhane

बरु राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस् :