राष्ट्रसङ्घीय निकायको भवनमा इजरायलको आक्रमण

Isrel-hamala

इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको चिकित्सा स्रोत र सेनाले जनाएको छ। ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवनभित्र सञ्चालनमा रहेको हमास लडाकूहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ। सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ।

आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तीमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो।

Advertisement:Isrel-hamala

बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ।

यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ।

इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो।

इजरायली सेनाले गाजामा एक रातको आक्रमणले प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र सङ्घी निकाय युएनआरडब्लुएको मुख्यालय भित्रबाट सञ्चालित हमास र इस्लामिक जिहादलाई लक्षित गरेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय निकायको अक्टोबरदेखि भवनमाथि नियन्त्रण छैन। इजरायली सेनाले फेब्रुअरीमा मुख्यालयमुनि हमासको एउटा सुरङ फेला पारेको बताएको थियो।

सेनाले आतङ्कवादी लकाकूहरूले युएनआरडब्लुएको मुख्यालयभित्र काम गरिरहेको र यसलाई मध्य गाजा पट्टीमा आईडीएफ इजरायली रक्षा बलका सैनिकहरूमाथि आक्रमण गर्न आधारको रूपमा प्रयोग गरिरहेको दावी गरेको छ।

युएनआरडब्लुएले आक्रमणको तत्काल कुनै टिप्पणी नगरेता पनि यसको सुविधाहरू हमास र यसका सहयोगीहरूले प्रयोग गरिरहेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य नभएको उल्लेख गरेको छ।

इजरायली तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने मारिनेमा अधिकांश सर्वसाधारण थिए भने हमासलगायतका अतिवादी प्यालेष्टिनी समूहका लडाकूले दुई सय ५१ जनालाई बन्धक बनाएका थिए।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको तथ्याङ्अनुसार बदलामा इजरायली सैन्य आक्रमणले गाजामा कम्तीमा ३८ हजार २४३ जनाको ज्यान लिएको र अधिकांश नागरिक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :