महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौँ / महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ।​

सअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवाप्रदायक जस्तै भीमपे, पेटीएम, गुगलपे आदिका माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन्।

Advertisement:

यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।​

अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवाप्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकका देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन्।

प्रतिक्रिया दिनुहोस् :