६१ किलो सुन प्रकरण : १७ जनालाई थुनामा पठाउने आदेश, तीन जनासँग धरौटी माग

काठमाडौँ / काठमाडौँ जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणको पुरक मुद्दामा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  तीन जना आरोपीलाई भने धरौटी माग भएको छ।

आज अदालतका न्यायधीश कपिलमणि गौतमको इजलासले झन्डै एक साताको बहसपछि थुनछेक आदेश दिएको हो। इजलासले १७ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने प्रतिवादी राजु थापा भनिने प्रेमनाथ सेढाईँसँग ५७ लाख, थर्कमान लामा र रुपन भण्डारीसँग जनही ९६ लाख रुपैयाँ धरौटी माग गरेको छ।  धरौटी माग भएका तीनै जनाले धरौटी रकम बुझाएका छैनन्।

Advertisement:

सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरिएको थियो। जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका छन्। आरोपी २६ जना अझै फरारको सूचीमा रहेका छन्।

उनीहरु विरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बराबरको बिगो छ।

प्रतिक्रिया दिनुहोस् :