उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

copa_america

काठमाडौं / १५ पटक च्याम्पियन बनेको उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १-० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो।

Advertisement:copa_america

पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो।

त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन।

कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ। कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ।​

कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ। साविक विजेता अर्जेन्टिना क्यानाडालाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया दिनुहोस् :