शिखर इन्स्योरेन्स बिरुद्ध अख्तियारमा उजुरी, कृषि बीमाको २० करोड सरकारी अनुदान झ्वाम

काठमाडौ / निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले कृषि बीमाको सरकारी अनुदान करोडौं रकम अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सरकारले कृषि बीमामा लाग्ने बीमा शुल्कमा ८०% प्रतिशत अनुदान रकम बीमा कम्पनीहरुलाई उपलब्ध गराउँदै आएको छ । बाँकी २० प्रतिशत रकम भने किसानले तिर्नु पर्ने हुन्छ। अनुदानको रकम लिन बीमा कम्पनीहरुले कृषकको कृषि वाली तथा पशुपंछीहरु लगायतको बीमा गरी कृषकबाट प्रिमियमको २० प्रतिशत लिने र बाँकी ८० प्रतिशत नेपाल सरकार बाट अनुदान लिन नेपाल बीमा प्राधिकरणमा दावी पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।
उक्त दावी बीमा प्राधिकरणले कृषि विभागमा पठाउँछ र कृषि विभागले सो विषयमा छानविन गरी सिफारिस सहित भूक्तानीको लागि कृषि मन्त्रालयमा पठाइ भूक्तानी दिने व्यवस्था छ । शिखरले २० करोड सरकारी अनुदान अपचलन गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा उजुरी परेको छ।
शिखर इन्स्योरेन्सले भने बीमा लेख संख्या अत्याधिक मात्रामा बढी देखाई सरकारी ८० प्रतिशत रकम ठगी गरेको आरोप छ ।
शिखर इन्स्योरेन्सले किसान सँग हजार बोट सुन्तलाको बीमा गरायो भने किसान संग हजार बोटको मात्र शुल्क लिने उता सरकारले दिने ८० प्रतिशातमा अनुदानमा भने धेरै मात्रामा बढाउने र राज्यलाई ठग्ने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
आयोगले सो सम्बन्धमा उजुरी परेपछि आयोगले आफैले छानबिन गर्न पनि सक्छ वा नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई छानबिनको लागि पत्र पठाउन पनि सक्छ ।
सरकारले किसानहरूको लागि छुट्याएको अनुदान रकम यदि शिखर इन्स्योरेन्स कम्पनीले हिनामिना गरेको रहेछ भने यो सामान्य विषय होइन यस बिषयमा नियमक निकाय नेपाल बीमा प्राधिकरणले तत्काल छानबिन सुरु गरी दोषी देखिएमा कडाभन्दा कडा कारबाही प्रक्रिया अघि बढाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस