एमालेले आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने
काठमाडौं / नयाँ सत्ता समीकरण बाट करिब दुईतिहाइ सांसदको समर्थन पाएको नेकपा एमालेले आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कांग्रेससहित साना दलहरुले आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाउनेछन्।
एमालेका एक पदाधिकारीका अनुसार राष्ट्रपतिलाई आजै प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्त गर्न माग गरिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा ६३ मत मात्र रहेको छ। विपक्षमा २०७ मत रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु