चितवन बस दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

bus_accident_chitawon

चितवन / चितवनमा भएको बस दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

Advertisement:bus_accident_chitawon

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको चितवन प्रहरीले जनाएको छ।

शुक्रवार बिहान ३ बजे भरतपुर-२९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ।  दुवै गाडीमा गरी ६५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ।

यात्रुमध्ये केहीले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया दिनुहोस् :