श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले राजीनामा दिए

Haranga_shirlanka

काठमाडौं / श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन्।

हालै सम्पन्न आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा टोलीले खराब प्रदर्शन गरेपछि हसरंगाले राजीनामा दिएका हुन्।

Advertisement:Haranga_shirlanka

टी–ट्वेन्टी विश्वकपमा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो। राजीनामा दिँदै हसरंगाले एक खेलाडीको हैसियतले टोलीका लागि उत्कृष्ट प्रदर्शन जारी राख्ने प्रतिबद्धता जनाएका छन्। श्रीलंका टोलीले यसै महिना भारतसँग तीन टी-ट्वेन्टी र एकदिवसीय शृंखला खेल्दैछ।

उक्त खेल जुलाई २७ देखि अगस्ट ७ सम्म चल्नेछ। हसरंगाको कप्तानीमा श्रीलंकाले १० टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेकामा ६ खेलमा जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस् :