प्रचण्डलाई विश्वास मत दिन रास्वपाको ह्वीप

rastriya-swatantra-party-rabi-lamichhane-rsp

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ। आज बसेको संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

त्यस्तै, पार्टीको तर्फबाट आज सदनमा सभापति रवि लामिछाने बोल्ने निर्णय पनि पार्टी संसदीय दलले निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदै छन्।

Advertisement:rastriya-swatantra-party-rabi-lamichhane-rsp

संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस् :