पृथ्वी राजमार्गमा पहिरोले अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा

prithvi-highway-pahiro

तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक सात घण्टापछि खुलेको छ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण  प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

Advertisement:prithvi-highway-pahiro

ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो उनले बताए।

 

प्रतिक्रिया दिनुहोस् :