बस दुर्घटना अपडेट : वाटर ड्रोन र क्यामेरा प्रयोग गरि खोजी कार्य सुरु

काठमाडौं / नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसको खोजीका लागि सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु भएको हो।

पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरि खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement:

शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस् :