आज केपी ओलीको बालुवाटार इन्ट्री, कांग्रेसमा मन्त्री छान्न सकस
काठमाडौँ / प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको १८ महिना नपुग्दै देशले आज दोस्रो प्रधानमन्त्री पाउँदै छ। गत १० पुस २०७९ मा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी भएको छ।
प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को चालु १८ महिने कार्यकालमा दोस्रो प्रधानमन्त्री बन्न लागेका हुन्। ओलीले प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दावी पेस भैसकेको छ।
आज राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथग्रहण समेत गराउने तयारी गरेका छन्। कांग्रेस र एमालेका शीर्ष नेताहरूले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति पौडेलसमक्ष १६६ सांसदको हस्ताक्षर बुझाइसकेका छन्। आजै प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेस भने सरकारमा सहभागी हुने मन्त्रीहरुको अन्तिम नामावली आजै टुंग्याउने तयारी गरेको छ। प्रधानमन्त्रीमा नियुक्त हुन लागेका एमाले अध्यक्ष ओलीले मन्त्री छान्न सचिवालय सदस्यहरूसँग हिजो बालकोटमा छलफल गरेका थिए। पार्टीले पाउने ८ मन्त्रालयमा मन्त्री बन्ने आकाङ्क्षीहरू धेरै भएपछि नाम टुङ्गो लाग्न सकेको छैन। एमालेले पनि आकाङ्क्षीहरुको नाम टुङ्गो लगाएर आजै सपथग्रहण गराउने तयारी थालेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु