प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित

sanghiya-samsad-sachiwalaye

काठमाडौं / नयाँ सरकार बनिनसकेकाले आजका लागि तय भएको संघीय संसदको बैठक सारिएको छ । आजै नयाँ सरकार गठन हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो।

आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

Advertisement:sanghiya-samsad-sachiwalaye

प्रतिक्रिया दिनुहोस् :