कोपा अमेरिका : अर्जेन्टिना र कोलम्बियाबीच भोलि बिहान फाइनल खेल

Copa-america-argentina-colombia-Final

काठमाडौं / जारी कोपा अमेरिका फाइनलमा सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच खेल हुँदैछ।

अमेरिकाको हार्ड रक स्टेडियममा नेपाली समय अनुसार खेल सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ। गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १-० गोलले हराउँदै कोलम्बियाले २३ वर्षपछि फाइनलमा स्थान बनाएको हो। क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो।

Advertisement:Copa-america-argentina-colombia-Final

पहिलो संस्करण सहित १५ पटकको विजेता उरुग्वेलाई हराउँदै कोलम्बियाले २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा स्थान बनाउन सफल भएको छ। मिडफिल्डर जेफरसन लेर्माले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा कोलम्बिया तेस्रो पटक महाद्धिपीय प्रतियोगिताको फाइनल पुग्न सफल भएको थियो। समूह-डी को विजेता बन्दै नकआउटमा पुगेको कोलम्बियाले फाइनलसम्म पुग्दा जारी संस्करण १२ गोल गर्दा २ गोलमात्र खाएको छ। समूहमा पाराग्वे र कोस्टारिकालाई हराएको कोलम्बियाले ब्राजिलसँग १-१ गोलको बराबरी खेलेको थियो।

opa-America-Colombia

उसले क्वाटरफाइनलमा पनामालाई ५-० गोलको फराकिलो अन्तरले हराएको थियो। सन् १९७५ मा पहिलो पटक फाइनल पुगेको कोलम्बियाले २००१ मा घरेलु मैदानमा मेक्सिकोलाई १-० ले हराउँदै उपाधि जितेको थियो । त्यसयता २ पटक तेस्रो भएको कोलम्बिया लामो समयको उपाधि खडेरी तोड्न चाहन्छ।

टोलीमा जेफरसन लेर्मा सहित जोन कर्डोबा र लुइस डियाज लगायतका खेलाडी लयमा छन्। तर सेमिफाइनलमा रातो कार्ड खाएका डानियल मुनोजको अनुपस्थिति फाइनलमा खड्किन सक्छ।

यता पहिलोपटक कोपा खेलेको क्यानडालाई २–० ले हराउँदै साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल पुगेको हो। १५ पटक उपाधि जितेको अर्जेन्टिना १४ पटक उपविजेता भइसकेको छ। ३० औं पटक फाइनल खेल्न लागेको अर्जेन्टिनाले क्यानडा, चिलि र पेरुलाई हराउँदै समुह ए को विजेताका रुपमा नकआउटमा स्थान बनाएको थियो।  क्वाटरफाइनलमा टाईब्रेकरसम्म पुगेको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको थियो।

२००१ मा प्रतियोगिताबाट नाम फिर्ता लिएयता अर्जेन्टिना ५ पटक फाइनल पुग्दा १ पटकमात्र उपाधि जितेको छ। २०२१ मा कोपा र २०२२ मा विश्वकप जितेको अर्जेन्टिना कोलम्बियालाई हराउँदै ठूला उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ। करियरको सातौं कोपा खेलिरहेका कप्तान मेसीको सम्भवत महादेशीय प्रतियोगिताको यो अन्तिम संस्करण हुनेछ। त्यसैले अर्जेन्टिना यो उपाधि जित्दै आफ्नो महान खेलाडी मेसीको सुखद बर्हिगमन चाहन्छ।

Copa America Soccer Argentina Canada

यी दुई टोलीबीच अहिलेसम्म ४२ खेल हुँदा अर्जेन्टिनाले २५ र कोलम्बियाले ९ खेल जितेको छ। ८ खेल बराबरी भएका छन्। पछिल्लो पटक कतार विश्वकपको छनोट चरणमा यी दुई आमनेसामने भएका थिए। जहाँ अर्जेन्टिना १-० गोलले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस् :