जसपाबाट सरकारमा पुरानै मन्त्री सहभागी हुने

pradeep-yadhab-janata-samajwadi-party

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। जसपाले पुरानै मन्त्रीलाई दोहोर्याएको छ। जसअनुसारप्रदीप यादव  र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन्।

यादव प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने सुडी वन तथा वातावरणमन्त्री थिए। अहिले यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिने टुंगो लागेको जसपाका महासचिव इस्तियाक राईले बताए।

Advertisement:pradeep-yadhab-janata-samajwadi-party

अशोक राई नेतृत्वको जसपाले दुईवटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस् :