ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने

kp-sharma-oli

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

ओलीले संसदमार्फत् देशबासीलाई सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

Advertisement:kp-sharma-oli

सोमबार ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन समेत दिएका छन्।

कांग्रेस-एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको हो। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस् :