नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा

gold-price-in-nepal

काठमाडौं / नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement:gold-price-in-nepal

हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस् :