ठग्ने उद्देश्य राखेर सहकारी स्थापना, रवि लामिछानेसँग सोधपुछको तयारी
काठमाडौँ / नेपालमा खोलिएका केहि सहकारी संस्थाहरु ठग्ने उद्देश्य नै राखेर खुलेको रहस्य बाहिरिएको छ।
सहकारीको खातामा एउटै व्यक्तिले स्रोत नखुलाई ४० करोडसम्मको रकम जम्मा गरे पनि सम्बन्धित सहकारी सञ्चालकलाई समेत रकम जम्मा गर्ने व्यक्तिका विषयमा कुनै पनि जानकारी नभएको पाइएको सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समिति सदस्य ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्।
अहिलेसम्म समितिले गरेको अध्ययनका क्रममा दर्जनभन्दा बढी सहकारीमा यस्तो समस्या देखिएको उनले बताइन्। सबैभन्दा बढी कृषि सहकारी नाममा दर्ता भएका र जिबि राईसँग नाम जोडिएका सहकारीमा यस्तो समस्या देखिएको उनको भनाइ छ।
जिबि राई र पूर्वगृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले समितिले पत्र काटेर छलफलमा बोलाउने तयारी गरिरहेको छ। केही सकहारीका सञ्चालहरुलाई भने पत्र नै काटिसकिएको समिति सदस्य न्यौपानेको भनाइ छ।
३ महिनाको समयसिमा पाएको समितिले १ महिनाभन्दा बढी समयसम्म छानबिन जारी राख्दा सम्बन्धित व्यक्ति, सरोकारवालासँग करिबकरिब बुझ्नेक्रम सकिएको जनाएको छ। समितिले अब फेरि एक पटक अर्थमन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरोलगायतसँग संयुक्तरुपमा छलफल गर्ने तयारी गरेको छ।
त्यस लगत्तै समितिले स्थलगतरुपमै सम्पूर्ण सहकारीमा पुगेर खाता पल्टाउने र सम्बन्धित सहकारीका व्यक्तिलाई सँगै राखेर सहकारीका रकम कहाँदेखि कहाँसम्म फ्लो भइरहेको छ भनेर सोधपुछ गर्ने समितिले तयारी थालेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु